×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रेम गीत ३’ अष्ट्रेलियाका हलमा नियमित प्रदर्शन हुने

‘प्रेम गीत ३’ अष्ट्रेलियाका हलमा नियमित प्रदर्शन हुने

 

काठमाडौं- चलचित्र प्रेम गीत -३ अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने  भएको छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ  । अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएका देव कार्कीले फिल्मलाई नियमित रुपमा हलमा चलाउने तयारी भइरहेको जानकारी गराएका छन् ।

सेप्टेम्बर २३ का दिन चलचित्र ‘प्रेम गीत -३’ अष्ट्रेलियामा नियमित स्क्रीन पाउने भएपछि यहाँ रहेका नेपाली चलचित्र प्रेमी दर्शकहरूमा नौलो उत्साह थपिएको छ ।

यस अघि पनि डेढ दर्जन नेपाली चलचित्रहरु अष्ट्रेलिया भित्राएर नेपाली सिनेमाको बजार बिस्तार गरिरहेका देवले प्रेम गीत -३ को नेपाली र हिन्दी भाषाको अष्ट्रेलिया प्रदर्शन अधिकार यो चलचित्रको प्रदर्शनको बिश्व अधिकार किनेका भारतका चर्चित सिनेमा वितरक सस्था मधु इन्टरटेनमेन्ट एण्ड मिडियासंग खरिद गरेका हुन् ।

उनले नेपालीहरूले त नेपाली चलचित्रलाई माया गरिनै रहनु भएको कुरा बताए भने अष्ट्रेलियामा अत्याधिक रूपमा रहेका भारतीय नागरिकहरुको संख्यालाई ध्यानमा राखेर नेपाली चलचित्र पनि यतिसम्म बन्छ भनेर देखाउंनु पनि आफ्नो उद्देश्य भएका कारणले नेपाली भाषासंगै हिन्दी भाषामा पनि हलमा नियमित शो गर्न लागेको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्