काठमाडौं - पब्जी मोबाइल विश्व च्याम्पियनसिप-२०२२ मा नेपाली टिम दोस्रो भएको छ। आईतबार इन्डोनेसियाकाे जाकर्तामा भएको खेलमा नेपालको द रियल सोल्जर्स(डीआरएस) टिम टर्कीको एसटूजीसँग पराजित भएको हो।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो। विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई रहेका छन् ।
फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ। उसले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।