×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कान्ति लोकपथमा रात्रिकालीन यात्रा नगर्न मकवानपुर प्रशासनको आग्रह

कान्ति लोकपथमा रात्रिकालीन यात्रा नगर्न मकवानपुर प्रशासनको आग्रह

काठमाडौं - मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले एक सूचना जारी गर्दै २०८३ असार १६ र १७ गते बेलुका ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा यात्रा नगर्न र नगराउन सबैमा विशेष आग्रह गर्नुभएको छ।

गृह मन्त्रालयको चेतावनी अनुसार ती दुई दिन देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने र पहाडी क्षेत्रमा पहिरो, बाढी तथा सडक अवरोधको उच्च जोखिम रहेकाले प्रशासनले यो कदम चालेको हो।

यसका साथै प्रशासनले नदी, खोला वा जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा चलाउने जस्ता जोखिमपूर्ण कार्य नगर्न र बाढी-पहिरोको जोखिम भएका भिरालो क्षेत्रमा अनावश्यक आवतजावत नगर्न समेत सचेत गराएको छ।

मौसम र सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गर्दै, कुनै पनि विपद् वा आपत्कालीन अवस्था आएमा तत्काल नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयको निःशुल्क फोन नम्बर ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्