×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा

अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा शनिबार अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। साउन ९ देखि ११ गतेसम्म सिड्नीमा आयोजना हुने सुरक्षा सम्मेलनमा सहभागी हुन उनी अष्ट्रेलिया जान लागेका हुन्।

प्रधानसेनापतिको भ्रमणलाई मन्त्रिपरिषद्को गत असार ३१ गते बसेको बैठकले स्वीकृति दिएको थियो। नेपाली सेनाले विसं २०५६ सालदेखि उक्त सम्मेलनमा नियमित सहभागी हुँदै आएको छ।

’एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन्,’ जनसम्पर्क तथा सूचना निर्देशननालय जंगी अड्डाले विज्ञप्ति जारी गर्दै भनेको छ।प्रधानसेनापति शर्मालाई भ्रमणमा जानुअघि शुक्रबार नेपाली सेनाको एक टुकडीद्वारा जंगी अड्डामा सम्मान गारत अर्पण गरेको थियो।

प्रतिकृया दिनुहोस्