×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ

मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ

काठमाडौँ - ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट आज पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले थप अनुसन्धानका क्रममा पक्राउ परेका खड्काले चोरी गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल्सर मोटरसाइकलसमेत फेला परेको छ । उक्त मोटरसाइकल काठमाडौँको काँडाघारीबाट चोरी गरेको खड्काले स्वीकार गरेको महाशाखाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस्