×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउँछौँ : कुलमान

आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउँछौँ : कुलमान

काठमाडौँ- हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बुधबार मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा निरीक्षण गर्न आएका कार्यकारी निर्देशक घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बाचा गरेका हुन् ।

कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको बताउँदै उनले जुम्लादेखि मुगुसम्म पोल गाड्ने काम सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताए । एडीबीको सहयोगमा कर्णालीका ५ जिल्लामा दुई-दुई मेगावाटको सोलार विद्युत् उत्पादन गर्ने कार्य भइरहेको छ ।

मुगु र हुम्लामा दिनको ५ घण्टा उज्यालोको लागि २ सय ४० केभीको जेनेरेटर समेत प्राधिकरणले व्यवस्था गरेको छ । गत असोज १९ देखि २३ गते सम्मको भीषण बर्सातले मुगुको गमगढी जलविद्युत् आयोजना र हुम्लाको हिल्दम खोला जलविद्युत् आयोजना पहिरोले तहसनहस पारेपछि प्राधिकरणले वैकल्पिक व्यवस्थाका रूपमा २ सय ४० केभीको जेनेरेटर व्यवस्था गरेको छ । करिब तीन सातादेखि मुगु सदरमुकाम गमगढी आसपासका गाउँ र हुम्ला सिमकोट वरपरका बस्ती अन्धकारमय छन् ।

प्रतिकृया दिनुहोस्