×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

न्यायाधीशद्वयलाई थापाको प्रश्न- प्रधान न्यायाधीशले घुस खाँदैनन् भन्न सक्नुहुन्छ ?

न्यायाधीशद्वयलाई थापाको प्रश्न- प्रधान न्यायाधीशले घुस खाँदैनन् भन्न सक्नुहुन्छ ?

काठमाडौँ- इजलासमा फर्किएका सर्वोच्च अदालतका दुई न्यायाधीश कुमार रेग्मी र मनोज शर्मालाई वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधान न्यायाधीशलाई घुस खाएको/नखाएको बारेमा सोध्न आग्रह गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत थापाले बुधबार सर्वोच्च परिसरमा दिएको धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै घुस खानुभएको छ कि छैन भनेर प्रधान न्यायाधीशलाई सोध्न आग्रह गरेका हुन् ।

‘दुई जनाले यहाँ आएर भन्नुस्‚ यिन (जबरा)ले घुस खाँदैनन्‚’ धर्नालाई सम्बोधन गर्ने क्रममा अधिवक्ता थापाले भने । इजलासमा फर्किएका दुवै न्यायाधीशको नाम नेपाल बार एसोसिएसनबाट गएको हो कि होइन भन्ने प्रश्न गर्दै अधिवक्ता थपाले यदि गएको हो भने यस विषयमा जवाफ दिनुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस्