एजेन्सी - ‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् ।
उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ । यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित शर्मा निर्देशित स्पोर्टस् ड्रामा मैदानका लागि यसअघि तय गरिएको मिति सही नभएको भन्दै पछि सारिएको जनाइएको छ ।