बलिउड अभिनेता रणवीर सिंह चाँडै सानो पर्दामा देखापर्ने भएका छन् । उनी क्विज शो ‘द बिग पिक्चर’ मा कार्यक्रम सञ्चालकको रूपमा देखिनेछन् । विश्वव्यापी रूपमा लोकप्रिय र सफल ‘द बिग पिक्चर’ ज्ञान र भिजुअल मेमोरीको पूर्ण संयोजन भएको कार्यक्रम हो । यो कार्यक्रमले रणवीर सिंहसँग खेल खेल्दै लाखौँ रुपैयाँ जित्ने अवसर दर्शकहरूलाई अवसर दिनेछ।
यस शोमा ग्राण्ड प्राइज जित्नको लागि प्रतियोगीहरूले तीन लाइफलाइनहरू प्रयोग गरी बाह्र दृश्यमा आधारित प्रश्नहरूको उत्तर दिनुपर्नेछ। शोको ढाँचाले दर्शकहरूलाई घर बसेरै खेल्ने अवसर दिनेछ र प्रतियोगीले ठूला इनामहरू जित्न सक्नेछन् ।