×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बीएन्डसीलाई आजै सम्बन्धन दिन प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाब, बालुवाटारमै थुनिए आयोगका उपाध्यक्ष

बीएन्डसीलाई आजै सम्बन्धन दिन प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाब, बालुवाटारमै थुनिए आयोगका उपाध्यक्ष

काठमाडौं : दुर्गा प्रसाईंले सञ्चालन गरेको झापास्थित विवादित बिएण्डसी मेडिकल कलेजलाई आजै सम्बन्धन दिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई दबाब दिएका छन् ।

मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको आयोगका पदाधिकारीहरूलाई दबाब दिन थालेपछि अधिकांश पदाधिकारीहरु बाहिरिएका छन् । 

शुक्रबार बोलाइएको आयोगको बैठकमा कुरा नमिलेपछि अधिकांश सदस्य बाहिरिसक्दा पनि शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्षलाई अहिल्यै नै माइन्युट गर्न दबाब दिइरहेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ओलीको निर्देशनमा शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई बालुवाटारभित्रै राकेर राखेको छ । 

सरकारले जसरी पनि आजै बीएन्डसीलाई सम्बन्धन दिन दबाब दिइरेको छ । स्रोतले भन्‍यो, "बालुवाटारमा शुक्रबार बिहान ११ बजेदेखि बैठक बसेको भए पनि निर्णय भइसकेको छैन । बैठकमा प्रधानमन्त्रीले कलेजलाई तत्काल सम्बन्धन दिनुपर्ने भन्दै बाहिरिसक्नु भएको छ ।  शिक्षामन्त्रीले आजै सम्बन्धन दिनुपर्ने अडान राखिरहनु भएको छ ।"

तर, आयोगका केही पदाधिकारी बीएण्डसीलाई प्रक्रिया पूरा नगरि सम्बन्धन दिँदा ठूलो विवाद हुने भन्दै सम्बन्धनको विरुद्धमा छन् ।

प्रतिकृया दिनुहोस्