×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

न्यायाधीशको भूमिका प्रशंसनीय : माधव नेपाल

न्यायाधीशको भूमिका प्रशंसनीय : माधव नेपाल

विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधान न्यायाधीशकाविरुद्धमा महाअभियोग प्रस्ताव आउन नसक्ने सङ्केत गरेका छन् । यसबिचमा न्यायाधीशको भूमिकाको कारण प्रतिगमनका विरुद्ध, अग्रगमनको पक्षमा र संविधान रक्षा तथा ओली प्रवृत्तिको विरुद्धमा देखिएको भूमिका प्रशंसनीय रहेकोले त्यसबारेमा अहिले कुनै निर्णय नहुने सङ्केत गरेका हुन् ।

पुस ५ र ज्येष्ठ ७ को ओलीको प्रतिनिधि सभा विघटनकोविरुद्धमा केपी ओलीले गरेको निर्णयलाई न्यायालयले ऐतिहासिक निर्णय गरेको बताएका हुन् । त्यसैको गुन तिर्नका लागि पनि प्रधान न्यायाधीश चोलेन्द्रसम्सेर जबराकाविरुद्ध महाअभियोग नल्याउने सङ्केत गरेका हुन् । न्यायालयको बारेमा थप सोधेका पत्रकारले राजनीतिक कुरा गर्न भन्दै उनी पन्छिँदै आफ्नो पार्टीको बारेमा बोलेका थिए ।

प्रदेश १ को सत्ता समीकरणको बारेमा धारणा दिँदै नेपालले केपी ओली अन्तिम गढ भत्काएरै छाड्ने बताएका छन् । ‘अब अन्तिम भनेको केपी ओलीको यो गढ हो,’ उनले भने, ‘राजेन्द्र राईको नेतृत्वमा सरकारको मुख्यमन्त्री बन्नुहुन्छ ।’ उनले आफ्नै नेतृत्वमा सरकार बन्ने बताए । एमाले काँग्रेस मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा आएको छ के हो भनी पत्रकारले सोधेको प्रश्नमा नेपालले भने, ‘कहाँको कुन काँग्रेस रु हाम्रै नेतृत्वमा सरकार बन्छ ।’

ओलीको षड्यन्त्रको अनेक गोटी चलिरहेको कारण कात्तिक १५ गतेसम्म सदन स्थगित भएको उनले खुलासा गरे । षड्यन्त्रका गोटीलाई असफल बनाएर ५ दलीय गठबन्धनबाट राईको नेतृत्वको एकलौटी सरकार बन्ने नेपालले दाबी गरे ।

नेपालले कार्यकाल बाँडफाँड वा आधा आधार गर्ने बारेमा कुनै निर्णय नै नभएकोले सबै कार्यकाल राईले नै सरकार चलाउन सक्ने बताए । ‘यो ठाउँमा रहेको भीम आचार्य नेतृत्वको सरकारलाई हटाउने,एमालेको सरकार ढाल्ने हो,’ उनले भने, ‘गठबन्धनको सरकार राजेन्द्र राईको नेतृत्वमा बनाउने भन्ने हो ।’ उनले गठबन्धन नटुट्ने दाबी गर्दै कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।

 

प्रतिकृया दिनुहोस्