×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्से परिसूचक ९ अंकले ओरालो

नेप्से परिसूचक ९ अंकले ओरालो

काठमाडौं - सेयर बजार परिसूचक नेप्से आज(मंगलबार) अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । 

नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । 

यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् । 

कुल २१९ कम्पनीका ३ करोड १६ लाख कित्ता माथिको सेयर ८४ हजार ४६८ पटक बजारमा किनबेच हुँदा आज कुल ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्