पाँचथर- पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए ।
पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ ।
पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार बेपत्ताको खोजी तथा उद्धार हिजो राति देखिनै भएको थियो । बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए ।