×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरसहित ७५३ वटै स्थानीय तहको बजेट आज

काठमाडौं महानगरसहित ७५३ वटै स्थानीय तहको बजेट आज

काठमाडौं महानगरपालिकासहित ७५३ वटै स्थानीय तहले बिहीबार आज आगामी आर्थिक वर्ष २०७८/८९ का लागि बजेट ल्याउँदै छन्।

असार १० मा बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार  ७५३ वटै स्थानीय गाउँसभा तथा नगरसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

पालिकाहरूले संघीय सरकारले १५ जेठमा पेश गरेको बजेटबाट उल्लेखित वित्तीय हस्तान्तरणलाई मुख्य स्रोत मानी बजेट प्रस्तुत गर्न लागेका हुन्।

स्थानीय तहहरुले आफ्नै स्रोतबाट आर्जित रकम पनि बजेटमा समावेश हुनेछन्। कोरोनाबाट प्रभावित भएको अहिलेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रण, रोजगारी सिर्जना, कृषिमा प्राथामिकता जस्ता विषय पालिकाहरुको बजेटको प्राथामिकतामा परेका छन्।

कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल नीति र कार्यक्रम पेस गरी बजेट सभामा पेस गर्ने तयारी गरेका छन्।

 

प्रतिकृया दिनुहोस्