×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

"तिमी मुस्कुराउँदा" गीतको म्युजिक भिडियो सार्वजनिक

"तिमी मुस्कुराउँदा" गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ  -चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ । भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गर्नुभएकाे छ । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गर्नुभएकाे हाे ।

उत्सव दाहालले खिचेको भिडियोको सम्पादन नहकुल खड्काले गर्नुभएकाे छ ।  सीता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र विनायक फिल्म प्रोडक्सनमा भिडियोको पोस्ट प्रोडक्सनको काम गरिएका हो ।

शिवराम थपलिया गीतको निर्माता हुनुहुन्छ । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

प्रतिकृया दिनुहोस्