×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रविसँग हर्कको अपेक्षा- अब गुण्डाराज खत्तम होस्

रविसँग हर्कको अपेक्षा- अब गुण्डाराज खत्तम होस्

काठमाडाैँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताए । ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

गृहमन्त्री भएपछि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिकृया दिनुहोस्