×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गगन थापा भन्छन : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो

गगन थापा भन्छन : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति जनताको धारणा नकारात्मक बन्दै गएको बताउनुभएको छ ।

हिजो राष्ट्रपतिको सवारीका बेला निस्किएका ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेता थापाले राष्ट्रपति एउटा व्यक्ति नभएर सम्मानित संस्था भएकाले त्यसको गरिमा जोगाउन अब विधि र प्रोटोकल बदल्नुपर्ने बताउनुभयो ।

एक विज्ञप्ति जारी गर्दै नेता थापाले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि–२०७७ लगायतका यस्ता विधि र प्रोटोकल बदल्न अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रपति एउटा व्यक्ति होइन, संस्था हो। यो सम्मानित संस्थाप्रति नागरिकको नकारात्मक धारण बन्दै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं।’

उहाँले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने बनाउन पनि थापाले माग गर्नुभयो ।

प्रतिकृया दिनुहोस्