×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

निर्वाचन आयोगले कार्यकारिणी समितिको सनाखतबाट टुङ्ग्याउँदै जसपा विवाद

निर्वाचन आयोगले कार्यकारिणी समितिको सनाखतबाट टुङ्ग्याउँदै जसपा विवाद

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुङ्गोमा पुर्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘त्यो दिन बिहान ११ बजे सबै कार्यकारणीय सदस्यलाई बोलाइएको छ,’ प्रवक्ता श्रेष्ठले  भने- ‘उहाँहरुलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।’

जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवदेन दिएका थिए । तत्पश्चात् आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो । यसपछि आयोगले विवाद समाधानका लागि भन्दै ५ सदस्यीय इजलास बनाएको छ । इजलासमा गत साउन ३ गतेदेखि सुनुवाइ भइरहेको थियो ।

जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमा यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दाबी गर्दै आएको छ ।

 

 

प्रतिकृया दिनुहोस्