×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक सय ८४ किलो चरेससहित तीन जना पक्राउ

एक सय ८४ किलो चरेससहित तीन जना पक्राउ

चितवन- रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए ।

गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । रासस

 

प्रतिकृया दिनुहोस्