×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

होटेलमा युवक-युवती मृत भेटिए

होटेलमा युवक-युवती मृत भेटिए

काठमाडौँ- रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५३६ वर्षका सीताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अञ्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् ।

उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए । उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्