पञ्चाङ्ग
वि.सं. साउन २४, २०७९ । ई.सं. ९ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । नल दक्षिणायन वर्षा । मंगलबार श्रावण शुक्लपक्ष । तिथि- द्वादशी, १४:३९ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- मूल , १०:०८ बजे उप्रान्त पूर्वाषाढा । योग- विष्कम्भ, २२:५६ बजे उप्रान्त प्रीति । करण- वालव १४:३९ बजेदेखि कौलव, २५:२४ बजे उप्रान्त वव । चन्द्रराशि धनु । आनन्दादि योग छत्र । दिनमान ३३।०५ । सूर्योदय ५:३१ । सूर्यास्त १८:४५ । प्रदोषव्रत, वहीद्य:व्वय, विश्व आदिवासी दिवस ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इस्टमित्रहरूसँग भेटघाट हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ . आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।