×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गुल्मीमा तीन महिनामा आगलागी हुदा ४ जनाको मृत्यु

गुल्मीमा  तीन महिनामा आगलागी हुदा ४ जनाको मृत्यु

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार सम्भव नभएपछि शुक्रवार राति उपचारको लागि काठमाडौं लैजाने क्रममा शनिवार बिहान पाँच बजेतिर पूर्वी नवलपरासीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकुमार प्रधानले बताए ।

प्रधानले भने – ‘मृतकको पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ ।’ सोहि डढेलोमा परी सोही वडाका १३ वर्षीय बालक दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार साढे एक बजे मृत्यु भएको थियो ।

गत तीन महिनामा मात्रै गुल्मीमा ५१ वटा आगलागीको घटनामा चार जनाले ज्यान गुमाइसकेका छन् भने पशु चौपाया र धनमालको ठूलो क्षति भएको छ । जिल्ला प्रहरी प्रमुख उपरीक्षक ९एसपी० नवीनकुमार प्रधानले गत फागुनदेखि वैशाख ८ गतेसम्म जिल्लाका विभिन्न ५१ स्थानमा आगलागीको घटना भएको बताए ।

‘जिल्लामा घर र गोठहरुमा १८ स्थानमा आगलागी भएको छ । त्यस्तै २३ वटा सामुदायिक वन र निजी १० वटा वनमा गरी यो तीन महिनाको अवधिमा ५१ स्थानमा आगलागीका घटना भएका छन्,’ प्रधानले भने ।

उनले संयुक्त सुरक्षा कार्य नितीअनुसार शसस्त्र प्रहरी, नेपालप्रहरी तथा नेपाली सेनासंगमिलेर आगो नियन्त्रणमा लिने कार्य गरिरहेको बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मृतकका परिवारलाई दुई लाखका दरले राहतप्रदानगर्ने बताए ।

‘गृह मन्त्रालयले स्वीकृत गरेको मापद्दण्ड अनुसार आगलागीमा परेको व्यक्तिको परिवारले दुई लाखपाउने व्यवस्था छ । हामीले समयमै जतिसक्दो चाँडो पीडितलाई राहतवितरण गर्नुपर्ने हुन्छ,’ पाठकले भने ।

यता, धुर्कोट गाउँपालिकाले मृतकका परिवारलाई चालिस हजारका दरले क्रियाखर्च उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घोषणा गरिसकेका छन् ।

सुख्खा मैसमका कारण एकातिर पानी पर्न सकेको छैन् भने अर्कातिर देशैभरका जङ्गलमा डढेलो लागेकाले यतिवेला धेरै स्थानमा वायु प्रदूषण उच्च बनेको छ ।

प्रतिकृया दिनुहोस्