काठमाडौं - भारतीय क्रिकेटले एक नयाँ अध्याय कोरेको छ। ब्याटबाट रनको वर्षा गर्ने युवा स्टार शुभमन गिल अब भारतीय टेस्ट क्रिकेट टोलीको नेतृत्व गर्ने भएका छन्।
मात्र २५ वर्ष २५८ दिनको उमेरमा उनले यो प्रतिष्ठित जिम्मेवारी पाएका हुन्, जसले भारतीय क्रिकेटमा युवा जोश र नयाँ रणनीतिको संकेत गर्दछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो महत्वपूर्ण निर्णय लिँदै गिललाई कप्तानको ताज पहिर्याएको हो। यो घोषणासँगै क्रिकेटप्रेमीहरूमाझ उत्साहको लहर छाएको छ।
कप्तान रोहित र विराटको युगपछि गिल युगको सुरुवात?
यो नियुक्ति तब आएको छ जब हालै मात्र अनुभवी कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट विश्राम लिएका थिए। रोहितको सन्यासको घोषणाको केही दिनमै पूर्व कप्तान विराट कोहलीले पनि टेस्ट क्रिकेटलाई अलविदा भनेका थिए।
यी दुई दिग्गज खेलाडीको अनुपस्थितिमा, अब गिलको काँधमा भारतीय टेस्ट टोलीको विरासतलाई अगाडि बढाउने ठूलो चुनौती र अवसर दुवै छ।
टोलीलाई थप सन्तुलन दिँदै विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई उपकप्तानको भूमिका दिइएको छ।
इंग्ल्याण्डसँगको भिडन्तका लागि १८ सदस्यीय टोली तयार
यसैबीच, बीसीसीआईले आगामी जुन २० देखि इंग्ल्याण्डविरुद्ध सुरु हुने रोमाञ्चक टेस्ट शृङ्खलाका लागि १८ सदस्यीय टोलीको पनि घोषणा गरेको छ। गिलको नेतृत्वमा मैदान उत्रने यो टोलीमा अनुभवी र युवा खेलाडीहरूको उत्कृष्ट मिश्रण देखिन्छ।
यस्तो छ इंग्ल्याण्डविरुद्ध खेल्ने भारतीय टोली: