काठमाडौं - ओपनर म्याक्स ओ'डोउडले कीर्तिमानी शतक प्रहार गरेपछि त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
मलेसियाका लागि विरन्दीप सिंहले अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । उनले ५३ बलमा समान ६ चौका र छक्काको मद्दतमा ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनलाई सेबास्टियन ब्राटले गरेको १९ औं ओभरको चौथो बलमा विसीले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।
खराब सुरुवात गरेको मलेसियाले टोलीको २० रन हुँदा तीन विकेट गुमाएको थियो । मलेसियाले पहिलो ओभरको तेस्रो बलमा नै पहिलो विकेट गुमाएको थियो । ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका अनवार आरुदीनले तेस्रो बलमा पनि लामो सट खेल्ने चक्करमा बोल्ड आउट हुन पुगे ।
पहिलो ओभरको अन्तिम बलमा नै मेसियाले कप्तान अहमद फाइजलाई दोस्रो विकेटको रुपमा गुमायो । फाइज शुन्य रनमा स्कट एडवार्डको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किए । तेस्रो ओभरको तेस्रो बलमा ओपनर साद आजिज तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ७ रनमा खेली रहेका उनी बास दे लिडीको बलमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । त्यसपछि मैदान प्रवेश गरेका शार्विन मुनियान्डीले विरन्दीप सिंहसँग ५८ रनको साझेदारी गरे । उनले २० बलमा ४ चौका र एक छक्का प्रहार गर्दै २८ रन जोडे । शाफिक शारिफ शुन्य रनमा आउट हुँदा, अमिनुद्दीन राम्ली २६ रनमा पेभिलियन फर्किए । शाफिकले विरन्दीपसँग ३३ रनको साझेदारी गरे । उनी डे लिडेको बलमा सेबास्टियन ब्राटको हातबाट क्याच आउट हुन पुगे । सातौ विकेटको रुपमा पेभिलियन फर्किएका खिजार हायातले २ रन जोडे । मुहम्मद वाफीक ६ र अनवर रहमान एक रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका लागि आर्यन डत्त, सेवास्तिन ब्राट र बास डे लिडेले समान २/२ विकेट लिए । त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ'डोउडले अविजित रहदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेलेका हुन् ।
म्याक्सले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।
त्यसअघि नेदरल्यान्ड्सका लागि कप्तान पिटर सेलरले अविजित ९६ रनको इनिङ खेलेका थिए ।
तेस्रो ओभरको पहिलो बलमा नेदरल्यान्ड्सले टोविएस विसीलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । एक रनमा खेलिरहेका उनी पवनदीप सिंहको बलमा बोल्ड आउट हुन पुगेका थिए ।
त्यसपछि मैदान प्रवेश गरेका स्कट एडवार्डले म्याक्ससँग मिलेर नेदरल्यान्ड्सको इनिङ्स सम्हालेका थिए । स्कटले म्याक्ससँग ४९ रनको साझेदारी गरेका थिए ।
स्कटले २३ बल खेल्दा ३ चौका र एक छक्काको मद्दतमा ३१ रनको योगदान दिए । तर, उनी अन्वर रहमानले गरेको नवौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुन पुगे । बेल कोपरले म्याक्ससँग १ सय २५ रनको साझेदारी गरे ।
एडवार्डको स्थानमा मैदान प्रवेश गरेका कोपरले २० बलमा २ छक्कासहति २० रनमा अविजित रहे ।
मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए ।
यस जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो । मलेसियाले भने हारबाट सिरिजको सुरुवात गरेको छ ।
यस जितसँगै नेदरल्यान्ड्सको पनि २ अंक भएको छ । नेपालको पनि २ अंक छ र रनरेटको आधारमा नेपाल शीर्षस्थानमा छ । नेपालले अब दोस्रो खेलमा सोमबार मलेसियाको सामना गर्नेछ ।
नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओ'डोउड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट
मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज