×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाईलाई जिताउन भोट माग्दै निखिल

दाईलाई जिताउन भोट माग्दै निखिल

एजेन्सी- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । यसपटक केही क्षेत्रमा फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् । उम्मेदवार नबनेका कलाकारहरु भने आफन्तलाई भोट मागिरहेका छन् । त्यसैगरी अभिनेता निखिल उप्रेतीलाई समेत केही दिनदेखि आफ्ना दाईका लागि भोट माग्न व्यस्त छन्। उनका दाई हरि प्रसाद उप्रेती प्रतिनिधि सभा सदस्यतर्फ सर्लाही क्षेत्र नं.३ बाट एमालेको उमेद्वार छन् ।

शुक्रवार हरिवनमा आयोजित एक सभामा बोल्दै उनले भने, ‘दाईलाई चुनावी अभियानमा साथ दिन म पनि हिँडेको छु । म हिँड्नुको पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जोडिएको छ । तपाईंहरुले हेर्दिएकाले म निखिल उप्रेती भएको हुँ । त्यसैले मेरो बाँकी जीवन दर्शकहरुको दु:ख र पीडामा मलम बन्नेमा हुनेछ ।’

निखिलले २०७८ सालमा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन भएको एकीकृत शक्ति नेपालबाट राजनीतिक दुनियाँमा पाइला राखेका थिए । यो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि विभिन्न क्षेत्रमा उम्मेदवार उठाए पनि निखिलले कुनै उमेद्वारलाई सहयोग र समर्थन गरेका भने छैनन् । बरु, उनी एमालेबाट उठेका दाईलाई जिताउनका लागि सर्लाहीमै बसेर जनतासँग भेट्दै भोट मागिरहेका छन्।

प्रतिकृया दिनुहोस्