×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै दुर्गा प्रसाईं

आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै दुर्गा प्रसाईं

काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज प्रदर्शन गर्ने भएको छ । ब्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएकाे अभियानले बुटबल हुदैँ देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईंले जानकारी  दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ ।

प्रतिकृया दिनुहोस्