काठमाडौं – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आइरहेको बेला बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने बुझिएको छ । संक्रमण दर उकालो लागिरहेको परिस्थितीमा आज बस्ने सीसीएमसीको बैठकले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
यसअघि नै स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ । राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो भने काठमाण्डु महानगरले पनि उपत्यकाका स्कूलहरु दुई सिफ्टमा सज्ञ्चालन गर्न सुझाव दिईसकेको छ l