×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ, नयाँ नेतृत्वका लागि मतदान हुँदै

प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ,   नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
प्रदेश २ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा नेता विमलेन्द्र निधि हुनुहुन्छ । संस्थापन समूहले पनि प्रदेश २ को चुनावलाई प्रतिष्ठाको रुपमा लिएको छ । सभापति शेरबहादुर देउवा झण्डै साढे २ दशकदेखि आफू निकट रहेका निधीले अहिले साथ छोडे पछि निधिलाई गृह प्रदेशमा कमजोर देखाउने प्रयासमा हुनुहुन्छ ।
प्रदेश २ को चुनावमा झण्डै २ हजार मतदाता सहभागी हुनेछन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाई भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो । 

प्रतिकृया दिनुहोस्