प्रधानमन्त्रीकप महिला क्रिकेट : सुदुरपश्चिमलाई पराजित गर्दै प्रदेश एक फाइनलमा
पुस १०, २०७८प्रदेश एक प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। शनिबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश एकले फाइनलमा स्थान बनाएको हो। धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको थियो। उक्त लक्ष्य प्रदेश एकले १ विकेट गुमाएर पुरा गरेको थियो।
सबै पढ्नुहोस