मधेसी क्लस्टरबाट चौधरीसहित ५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
पुस ६, २०७८काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी क्लस्टरबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरीले २,२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् । प्रारम्भिक गणनाअनुसार अजय चौरसिया (२५२२), चन्द्रमोहन यादव(२१३८), महेन्द्रकुमार राय (१९८४) र दिनेशकुमार यादव(१९५९) विजयी भएका छन् । औपचारिक घाेषणाा हुन भने बाँकी छ ।
सबै पढ्नुहोस