भवनमा विमान ठोक्किदा आठ जनाको मृत्यु
असोज १८, २०७८एजेन्सी- उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ ।
सबै पढ्नुहोस