नवनियुक्त प्रधानमन्त्री देउवासहितका नेता शीतल निवासमा, विज्ञप्ति सच्याउन आग्रह
असार २९, २०७८नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् । देउवासहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत नेता सपथ ग्रहण समारोहमा भाग लिन शीतल निवास पुगेका हुन् । उनीहरूले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउन आग्रह गरेका छन् ।
सबै पढ्नुहोस