पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु ३३ जना घाइते
बैशाख १०, २०८०काठमाडौं- पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी ३३ जना घाइते भएका छन्। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३३ जनाको उद्धार गरी उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
सबै पढ्नुहोस