पार्टीलाई व्यवधान मुक्त बनाउने काममा लाग्छु : प्रधानमन्त्री
पुस ६, २०७९काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्। बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन। उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली काँग्रेस संसदीय दलको नेतामा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद दिएका थिए।
सबै पढ्नुहोस