आजको सुनको मूल्य
जेठ ३१, २०७९काठमाडौँ- सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार ८०० ले घटेर रु. ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ४०० थियो ।
सबै पढ्नुहोस