भोलिदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप
पुस ३, २०७८काठमाडौँ - सरकारले भोलिदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।पहिलो चरणमा ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई मोर्डनाखोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिने छ । सरकारी तथ्यांकअनुसार नेपालमा १२ देखि १७ वर्ष उमेर समूहको सङ्ख्या ३४ लाख २५ हजार ४०८ छ । यसै गरी पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ
सबै पढ्नुहोस