काठमाडौँ - भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनर्निर्माणका लागि करिब ४.७ अर्ब अमेरिकी डलर लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को द्रुत आकलन प्रतिवेदनले देखाएको छ।
जलविद्युत् आयोजना, सडक सञ्जाल र स्थानीय आवास पुनर्निर्माणलाई प्राथमिकतामा राखेर सरकारले प्राथमिकताका आधारमा राहत र पुनर्निर्माण कोष परिचालन गर्ने तयारी गरेको छ।