२४५ जना नयाँ सङ्क्रमित थपिए,२ जनाको मृत्यु
मङ्सिर १४, २०७८काठमाडौं, - पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार १४० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ
सबै पढ्नुहोस