वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा
भदौ १८, २०७८काठमाडाैँ- काठमाडौँ महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज महानगरपालिकाले शोक बिदा दिएको छ । ६५ वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको थियो । वडाध्यक्ष श्रेष्ठको निधन अकल्पनीय भएको भन्दै मेयर विद्यासुन्दर शाक्यले दुःख व्यक्त गरेका छन् । उनले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सबै पढ्नुहोस