कोशी सरकारको वैधानिकतामाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
साउन ९, २०८०काठमाडौं - कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ । पूर्ण इजलास आज तोकिने छ । गत असार २१ गते कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन (हस्ताक्षर) पेश गरेर मुख्यमन्त्री बनेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सबै पढ्नुहोस