खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु
असोज २८, २०७९बैतडी - बैतडीमा घाँस(खर ) काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिला बोहरा रहेकी छिन् । खर काट्ने क्रममा वडाकै सलेनी भीरबाट लडेर उनको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस