राष्ट्र बैंकले २१.०९ अर्बको ट्रेजरी बिल जारी गर्ने, आउँदो सोमबार बोलकबोल
जेठ २१, २०७९काठमाण्डौ- नेपाल राष्ट्र बैंकले जेठ २३ गते (सोमबार) २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ २४ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार (जेठ २३ गते) गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २४ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो भदौ २१ गते परिपक्व हुनेछ ।
सबै पढ्नुहोस