सोहराई पर्व मनाउँदै थारू र दराई समूदाय
कार्तिक १०, २०७९कृष्ण आचार्य भरतपुर- चितवनका आदिवासी थारू र दराई समूदाय यतिबेला सोहराई पर्व मनाइरहेका छन् । यो पर्व दुबै समूदायले फरक–फरक तरिकाले मनाउँछन् । दराईहरू पितृकार्यका रूपमा सोहराई मनाउँछन् भने थारूहरूले कृषि क्षेत्रको संरक्षणको कामना गर्दै मनाउँछन् । थारु समूदायले दुई दिन मनाउने यो पर्व बुधबार सकिएको छ भने दराई समूदायले भने आज पनि यो पर्व मनाइरहेका छन् ।
सबै पढ्नुहोस