सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?
फाल्गुण २६, २०७९काठमाडौं-शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ बढेको हो भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस