साझाका बिजुली बस आजदेखि काठमाडौँको सडकमा
असार २३, २०७९काठमाडौं- साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौंंमा सञ्चालन हुनेछन्। पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुटसमेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो। बिहीबार बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन्। यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ।
सबै पढ्नुहोस