चीनमा कोभिडको नयाँ लहर
पुस ४, २०७९काठमाडौं- कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो । हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन् । अर्काे महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ ।
सबै पढ्नुहोस