एमालेले टिकट नदिएपछि राप्रपाबाट पालिका अध्यक्षमा उम्मेदवारी
बैशाख २४, २०७९पोखरा- म्याग्दीको धवलागिरि गाउँपालिकामा एमालेका प्रभावशाली नेताले नै पालिका अध्यक्षमा फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । एमालेका पालिका पूर्व अध्यक्ष होमबहादुर थापाले टिकट दाबी गरेका थिए । तर उनलाई पार्टीले टिकट दिएन । उनी अहिले राप्रपाबाट अध्यक्षकै उम्मेदवार बनेका छन् । फरक पार्टीबाट उम्मेदवार बनेपछि एमालेले उनको सदस्यता समेत नरहने गरी बर्खास्त गरेको छ ।
सबै पढ्नुहोस