प्रत्यक्षतर्फको आम निर्वाचनको लागि उम्मेदवारी दर्ता आज
असोज २३, २०७९काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज हुँदै छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ। आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
सबै पढ्नुहोस