सगरमाथा आरोही रोकायालाई मुख्यमन्त्रीको सम्मान
जेठ २९, २०८०धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली सङ्गीता रोकायालाई सोमबार सम्मान गर्नुभएको छ । आरोही रोकायालाई सम्मान गर्नुका साथै मुख्यमन्त्री शाहले बधाई दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बझाङको साइपाल गाउँपालिका –४ की २६ वर्षीया रोकायाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
सबै पढ्नुहोस