कोरोना उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयमा चीनले उठायो प्रश्न
जेठ १४, २०७८अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धानको निर्णय गरेपछि चीनले आपत्ति जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो वा होइन भन्नेबारे ९० दिनभित्र थप अनुसन्धान गर्न चुप्तचर निकायलाई निर्देशन दिएका थिए। तर, चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।
सबै पढ्नुहोस